home

विवाहका आधारमा आप्रवासी

विवाहका आधारमा आप्रवासी
भिन्न राष्ट्रियताका दुई व्यक्तिबीचको विवाह नै अन्तर्राष्ट्रिय विवाह हो ।

गणतन्त्र कोरियामा कुनै पनि अन्तर्राष्ट्रिय विवाहले कानूनी मान्यता पाउन‚ सम्बन्धित विवाहका पक्षहरूको आफ्नै देशको कानून अनुसार भएको र आधिकारिक प्रशासनिक निकायमा वैवाहिक स्थिती दर्ता भई पारिवारिक नाता कायम गरिएको हुनुपर्नेछ ।

यदि कुनै विदेशी नागरिकले गणतन्त्र कोरियाको नागरिकसँग विवाह गरेमा र गणतन्त्र कोरियामै बसोबास गरेमा‚ सम्बन्धित व्यक्तिलाई गणतन्त्र कोरियाको नागरिकको पति वा पत्नीको दर्जा दिईनेछ । त्यसैले‚ यस्ता सम्बन्धित व्यक्तिले आफ्नो पूर्ववत् अस्थायी बसोबासको अवस्थालाई कोरियाली नागरिकका पति वा पत्नीलाई उपलब्ध गराईने रेसिडेन्स (एफ–२) भिसामा परिवर्तन गर्न सक्नेछन् ।

यस बाहेक‚ गणतन्त्र कोरियाका नागरिकसँग विवाह गरेका कुनै पनि विदेशी नागरिकले राष्ट्रियता ऐन अनुसार गणतन्त्र कोरियाको अंगीकृत नागरिकता लिन सक्नेछन् । गणतन्त्र कोरियाको नागरिक ऐनले निर्दिष्ट गरे अनुसारवारिसनामाको व्यवस्था बमोजिम विवाहित सम्बन्ध भएकै अवस्थामा सम्बन्धित व्यक्तिको पति/पत्नीको मृत्यु भएमा‚ जीवित रहेका पति/पत्नीले मृतकको सम्पत्ति हकदाबी गर्न सक्नेछन् ।

Key Contents

  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보