Simple & Easy Law Info

Simple & Easy Law Info

विद्युतीय वित्तीय अपराध

इलेक्ट्रोनिक वित्तीय अपराधहरू 1.  इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराधहरूबारे सचेत हुने   www.easylaw.go.kr



मैले वेबसाइटमा मेरो व्यक्तिगत जानकारी प्रविष्ट गरेँ र मेरो पैसा अनजानमा मेरो बैङ्कबुकमा स्थानान्तरण गरिएको थियो। यो इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराध हो?



 इलेक्ट्रोनिक वित्तीय अपराधहरूमध्ये, यसलाई  फिशिङ (Phishing) अपराध भन्न सकिन्छ जसमा फिशिङ वेबसाइट को प्रयोग समावेश छ।



[크기변환]1_전자금융범죄 주의하기(1-1-1)_한네팔B_최종본_230803



• इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराधका मुख्य प्रकारहरू (1) तल इलेक्ट्रोनिक माध्यमद्वारा गरिने मुख्य वित्तीय अपराधहरू छन्, त्यसैले निम्न कुराहरू गर्ने अपराधीहरूको शिकार नहुने सुनिश्चित गर्नुहोस्: 1.  बाल अपहरण वा दुर्घटना को झूटो घटना भनेर पैसा प्राप्त गर्ने;  2. पीडितहरूलाई messenger एप मा परिचित व्यक्तिको नाममा पैसा पठाउन अनुरोध गर्ने; 3. अनलाइन बैङ्किङ; प्रयोग गरेर जालसाजी गरी कार्ड ऋण कोष र निपेक्षहरू प्राप्त गर्ने; 4. वित्तीय कम्पनी वा वित्तीय निरीक्षण सेवा को रूपमा झूटा अत्यावश्यक टेक्स्ट सन्देशहरू पठाएर पीडितहरूलाई धोका दिने र प्रापकहरूलाई पैसा प्राप्त गर्नका लागि फिशिङ साइट भ्रमण गर्न प्रेरित गर्ने;   5. फोन कलमार्फत टेलिबैङ्किङसम्बन्धी जानकारी  प्राप्त गरेर जालसाजी गरी पैसा प्राप्त गर्ने;



• इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराधका मुख्य प्रकारहरू (2) तल मुख्य इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराधहरू छन्, त्यसैले निम्न कुराहरू गर्ने अपराधीहरूको शिकार नहुने सुनिश्चित गर्नुहोस्:  6. पीडितहरूलाई धोका दिने र ATM मा जान प्रेरित गर्ने; 7. पीडितहरू लाई धोका दिने र उनीहरूलाई पैसा पठाउन लगाउने; 8. स्वचालित प्रतिक्रिया प्रणाली (ARS) प्रयोग गरेर क्रेडिट कार्डसम्बन्धी जानकारी र कार्ड ऋण कोषहरू प्राप्त गर्ने; 9. झूटो भुमिका निर्वाह गरेर पीडितहरूलाई धोका दिने; र 10. पैसा प्राप्त गर्नका लागि सामानहरूको मूल्य पठाइएको थियो भनी झूट बोलेर पीडितहरूलाई धोका दिने।



विस्तृत कानुनी जानकारी चाहिएमा,   कृपया easylaw.go.kr मा गई   “इलेक्ट्रोनिक वित्तीय अपराधहरू” खण्ड हेर्नुहोस्।



  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보