Simple & Easy Law Info

Simple & Easy Law Info

विद्युतीय वित्तीय अपराध

इलेक्ट्रोनिक वित्तीय अपराधहरू  4. क्षतिहरूको भुक्तानी  www.easylaw.go.kr



मैले स्मिशिङ अपराधीको खातामा KRW 5 मिलियन स्थानान्तरण गरेँ। मैले मेरो पैसा फिर्ता पाउने कुनै तरिका छ?



   messenger फिशिङ जस्ता इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराधहरूका पीडितहरू ले क्षतिपूर्तिका लागि आवेदन दिएर क्षतिहरूको क्षतिपूर्ति प्राप्त गर्न सक्छन्।



• क्षतिपूर्तिका लागि आवदेन दिने  इलेक्ट्रोनिक माध्यमद्वारा गरिने वित्तीय अपराधहरूका कारण सम्पत्तिको क्षति भोगेका पिडितहरूले उनीहरूले पैसा पठाउने वा ट्रान्सफर गर्ने खाता व्यवस्थित गर्ने वित्तीय कम्पनी वा छलका लागि प्रयोग गरिएको खाता व्यवस्थित गर्ने वित्तीय कम्पनीका विरूद्धमा, छलका लागि प्रयोग गरिएको खाता निलम्बन गर्ने जस्ता क्षतिपूर्तिका लागि दायर गर्न सक्छन्।  क्षतिपूर्ति लागि आवेदन दिन चाहने पीडितले आफ्नो आइडी कार्डको प्रतिलिपिको साथमा सान्दर्भिक वित्तीय कम्पनी मा आफ्नो आवेदन पेश गर्ने छन्।



[크기변환]4_피해금 환급(3-1-1, 3-1-2, 3-1-3, 3-1-4)_한네팔B_최종본_230803



•  ऋण चुक्ता गर्ने र क्षतिहरूका लागि भुक्तानी  वित्तीय कम्पनीले खाता निलम्बन गरेमा, तुरुन्तै वित्तीय पर्यवेक्षी सेवालाई धोखाधडी खातावालाका लागि ऋण बुझाउने प्रक्रिया सुरु गर्न अनुरोध गर्नुपर्छ। ऋण समापन प्रक्रियाको पहिलो सार्वजनिक घोषणा भएको 2 महिना बितिसक्दा धोखाधडी खातावालको ऋण बुझाइने छ।  वित्तीय निगरानी सेवाले व्यक्ति र व्यक्तिले पाउने क्षतिपूर्ति रकमबारे निर्णय गर्ने छ र ऋण चुक्ता गरेको 14 दिनभित्र क्षतिपूर्तिका लागि समाधानका बारेमा आवेदक र वित्तीय संस्थालाई सूचित गर्ने छ र वित्तीय कम्पनीले पीडितलाई तुरुन्तै क्षतिपूर्ति रकम भुक्तानी गर्ने छ।



विस्तृत कानुनी जानकारी चाहिएमा,   कृपया easylaw.go.kr मा गई   “इलेक्ट्रोनिक वित्तीय अपराधहरू” खण्ड हेर्नुहोस्।



  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보