Simple & Easy Law Info

Simple & Easy Law Info

भिसा, पासपोर्ट

भिसा, राहदानी भिसाको स्थितिमा परिवर्तन www.easylaw.go.kr



प्रश्न. स्टुडेन्ट भिसा (D-2) मा कोरियामा बस्ने क्रममा मैले एक जना कोरियन नागरिकसँग विवाह गरेँ।   म मेरो भिसाको स्थिति परिवर्तन गरेर विवाह प्रवासी (F-6) बनाउन चाहन्छु। मैले के गर्नुपर्छ?



उत्तर. कोरियामा बस्ने विदेशीले आफ्नो भिसाको स्थिति परिवर्तन गर्न चाहेको खण्डमा  विदेशीलाई निजको बसाइ अवधि समाप्त हुनुअघि भिसाको स्थितिमा परिवर्तन गर्न पाउने अधिकार दिइने छ।



1. आवेदकको दायरा भिसाको स्थितिमा परिवर्तन गर्ने आवेदन भिसा धारक स्वयंले दिनुपर्दछ।  यदि आवेदक 17 वर्षमुनि भएको र उहाँले भिसाको स्थितिमा परिवर्तन गर्नका लागि आवेदन नदिएको खण्डमा उहाँको आमाबुवा, वास्तविक आश्रित, सहोदर, उत्तरदायी व्यक्ति वा सहवासीले आवेदकको तर्फबाट भिसाको स्थितिमा परिवर्तन गर्नका लागि आवेदन दिनुपर्ने छ।



2. कागजातहरू पेश गर्ने भिसाको स्थितिमा परिवर्तन गर्न पाउने अधिकार पाउनका लागि अनुरोध गर्ने विदेशीले भिसाको म्याद समाप्त हुनुअघि अध्यागमन केन्द्र / विदेशी कार्यालयमा निम्न कागजातहरू पेश गर्नुपर्दछ: भिसाको स्थितिमा परिवर्तन गर्न पाउने अधिकारका लागि आवेदन प्रत्येक भिसाको स्थितिका लागि आवश्यक पर्ने कागजातहरू



3. भिजिट बुक गर्ने भिसाको स्थितिमा परिवर्तन गर्नका लागि आवेदन दिन चाहने कुनै पनि व्यक्तिले अध्यागमन केन्द्र / विदेशी कार्यालयमा अनलाइन भिजिट बुक गर्नुपर्दछ।  यद्यपि, सान्दर्भिक कानुनबमोजिम गर्भवती महिला, असक्षमता भएका व्यक्ति वा कुनै अन्य विदेशीहरूले अनलाइन बुकिङमा छुट पाउन सक्छन्। ※ भिसाको स्थितिमा परिवर्तन गर्नका लागि आवेदन “HiKorea वेबसाइट (www.hikorea.go.kr) – याचिका आवेदन – इ-पिटिशनिङ” मा इ-पिटिशनिङमार्फत दिन सकिन्छ। भिसाका केही स्थितिहरूमा प्रतिबन्धहरू लगाइएका हुन सक्छन्।



भिसाको स्थितिमा परिवर्तन गर्ने सम्बन्धमा विवरणहरू चाहिएमा कृपया यहाँ भिजिट गर्नुहोस् वा सम्पर्क गर्नुहोस्: HiKorea वेबसाइट (www.hikorea.go.kr) – अध्यागमन / बसाइसम्बन्धी गाइड – विदेशीको बसाइ – भिसाको स्थितिमा परिवर्तन गर्ने अध्यागमन सम्पर्क केन्द्र (☎ 1345)



 विस्तृत कानुनी जानकारी चाहिएमा, कृपया easylaw.go.kr मा गई “भिसा, राहदानी” खण्ड हेर्नुहोस्।



  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보