Simple & Easy Law Info

Simple & Easy Law Info

भिसा, पासपोर्ट

भिसा, राहदानी भिसाको म्याद लम्ब्याउनु www.easylaw.go.kr



प्रश्न. म हाल भिसा लिएर कोरियामा बस्दै छु तर हालसालै मेरो बसाइ अवधि छिट्टै समाप्त हुँदै छ भन्ने कुरा थाहा पाएँ।   मैले मेरो बसाइ (वा भिसा) कसरी लम्ब्याउन सक्छु?



उत्तर. आफ्नो मूल बसाइ अवधिभन्दा लामो समय रहन चाहने विदेशीले   भिसाको म्याद समाप्त हुनु अगावै भिसाको म्याद लम्ब्याउन पाउने अधिकारका लागि आवेदन दिनुपर्दछ।



1. आवेदकको दायरा भिसाको म्याद लम्ब्याउने आवेदन भिसा धारक स्वयंले दिनुपर्दछ।  यदि आवेदक 17 वर्षमुनि भएको र उहाँले भिसाको म्याद लम्ब्याउनका लागि आवेदन नदिएको खण्डमा उहाँको आमाबुवा, वास्तविक आश्रित, सहोदर, उत्तरदायी व्यक्ति वा सहवासीले आवेदकको तर्फबाट भिसाको म्याद लम्ब्याउनका लागि आवेदन दिनुपर्ने छ।



2. कागजातहरू पेश गर्ने भिसाको म्याद लम्ब्याउन पाउने अधिकारका लागि अनुरोध गर्ने विदेशीले भिसाको म्याद समाप्त हुनुअघि अध्यागमन केन्द्र / विदेशी कार्यालयमा निम्न कागजातहरू पेश गर्नुपर्दछ: बसाइको अवधि लम्ब्याउन पाउने अधिकारका लागि आवेदन प्रत्येक भिसाको स्थितिका लागि आवश्यक पर्ने कागजातहरू



3. भिजिट बुक गर्ने भिसाको म्याद लम्ब्याउनका लागि आवेदन दिन चाहने कुनै पनि व्यक्तिले अध्यागमन केन्द्र / विदेशी कार्यालयमा अनलाइन भिजिट बुक गर्नुपर्दछ।  यद्यपि, सान्दर्भिक कानुनबमोजिम गर्भवती महिला, असक्षमता भएका व्यक्ति वा कुनै अन्य विदेशीहरूले अनलाइन बुकिङमा छुट पाउन सक्छन्। ※ भिसाको म्याद लम्ब्याउने आवेदन “HiKorea वेबसाइट (www.hikorea.go.kr)  – याचिका आवेदन – इ-पिटिशनिङ” मा इ-पिटिशनिङमार्फत दिन सकिन्छ। भिसाका केही स्थितिहरूमा प्रतिबन्धहरू लगाइएका हुन सक्छन्।



भिसाको म्याद लम्ब्याउने सम्बन्धमा विवरणहरू चाहिएमा कृपया यहाँ भिजिट गर्नुहोस् वा सम्पर्क गर्नुहोस्: HiKorea वेबसाइट (www.hikorea.go.kr) – अध्यागमन/बसाइसम्बन्धी गाइड  – विदेशीको बसाइ – बसाइ अवधि लम्ब्याउने अध्यागमन सम्पर्क केन्द्र (☎ 1345)



 विस्तृत कानुनी जानकारी चाहिएमा, कृपया easylaw.go.kr मा गई “भिसा, राहदानी” खण्ड हेर्नुहोस्।



  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보