home

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ

বিদেশী কর্মীদের কর্মসংস্থান এবং কাজ
गणतन्त्र कोरियामा रोजगारको चाहना भएका कुनै पनि विदेशीले देशमा रोजगार अनुमति दिने प्रवासको हैसियत लिनुपर्नेछ । विदेशी कामदारको रोजगार उनीहरुको भिसाको प्रकारले यस्तो अवसरसम्म सिमीत गरेको हुन्छ ।
गणतन्त्र कोरियामा रोजगार अनुमति दिने, गैर–व्यावसायिक रोजगार (ई-९) वा वर्किङ भिजिट भिसा वाहक विदेशी कामदारहरुको रोजगार सम्बन्धी विषयलाई विदेशी कामदारको रोजगार सम्बन्धी ऐन‚ आदिले नियमन गर्दछ ।
विदेशी कामदारहरु पनि कामदारको हैसियतको हकदार हुन् । त्यसैले‚ उनीहरुको आधारभूत श्रम र सामाजिक अधिकारहरु सामाजिक सुरक्षा कानुन अन्तर्गत ग्यारेन्टी गरिएका छन् । यदि उनीहरुको अधिकारको उल्लंघन भए‚ लागु हुने सुधारात्मक प्रकृयामार्फत ती अधिकारहरु पुनर्स्थापना गर्न सकिनेछ ।
विदेशी कामदारको रोजगार आदि ऐन अन्तर्गत‚ गैर–व्यावसायिक रोजगार (ई–९) वा वर्किङ भिजिट (एच–२) हैसियतका व्यक्तिहरुले तीन वर्षका लागि गणतन्त्र कोरियामा रोजगारका लागि योग्य हुन्छन् । यस बाहेक‚ गैर–व्यावसायिक रोजगार (ई–९) भिसा वर्गिकरणका व्यक्तिहरुलाई देश छाडेर गएको न्युनतम ६ महिनापछि रोजगारमा पुनर्नियुक्त गर्न सकिनेछ ।

Key Contents

  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보